वीरगञ्जबाट ४ करोड मूल्य बराबरको भेप बरामद


वीरगन्ज- प्रहरीले  वीरगन्जबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ६ स्थित रेलवे रोडबाट पर्सा प्रहरीको विशेष टोलीले १५ हजार २ सय पीस भेप बरामद गरेको हो ।

रेल्वे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापा मार्दा ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।

उनका अनुसार बरामद भएको हरेक कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ ।  बरामद भेपको बजार मूल्य ४ करोड ४६ लाखभन्दा बढी रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया