सुन्दरीजल घुम्न गएका पेप्सीकोलाका विवेक मृत फेला


काठमाडाैं- सुन्दरीजल घुम्न जाँदा बेपत्ता भएका युवक मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका-३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल शुक्रबार बिहान मृत भेटिएका हुन् ।

उनी बिहीबार गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल घुम्न जाँदा खसेर बेपत्ता भएका थिए । स्थानीयसहित प्रहरी वृत्त बौद्वबाट खटिएको संयुक्त टोलीले शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया