राजनीतिक उथलपुथलपछि भारत छिर्न खोज्दै बंगलादेशी, बीएसएफले रोक्यो


काठमाडाैं- बंगलादेशमा आएको राजनीतिक उथलपुथलको असरमा भारतमा पर्न थालेको छ । प्रधानमन्त्री शेख हसिनाले देश छाडेकाे  केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएका छन् ।

मुस्लिम बहुल बङ्गलादेशका केहीले उनिसँगको निकट सम्बन्धको आशङ्कामा हिन्दूहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा आक्रमण गरेका थिए ।शेख हसिनाले देश छाडेपछि हिन्दू बंगलादेशीमाथि अत्याचारको आरोप लागिरहेको छ ।

साेही कारण सयौँ बङ्गलादेशी नागरिक प्रायः हिन्दूहरू, बङ्गलादेशसँगको भारतको सिमानामा भेला भएकाे भारतको सीमा सुरक्षा बल (बीएसएफ) का उप–महानिरीक्षक अमित कुमार त्यागीले बताए ।

जलपाईगुडीस्थित भारत-बांग्लादेश सीमामा १ हजार भन्दा धेरै बंगलादेशी हिन्दू पुगेको भारतीय सञ्चाररमाध्यमले जनाएका छन् ।

तर, भारततिर छिर्न तयार भएर एकसाथ आएका उनीहरूलाई बीएसएफका जवानहरूले जलपाईगुडीनजिकै रोकिदिएका छन्  ।

 

प्रतिक्रिया