सरकारले काठमाडाैं उपत्यकामा बिक्री हुने जार र बोतलको पानीको मूल्य ताेक्याे


काठमाडाैं-  सरकारले काठमाडाैं उपत्यकामा बिक्री हुने २० लिटरको जारको पानी र एक लिटर बोतलको पानीको अधिकतम खुद्रा मूल्य तोकेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निकालेर २० लिटरको जारको पानीको ४७ रुपैयाँ र एक लिटर बोतलको पानीको १६ रुपैयाँ तोकेको जानकारी गराएको हो । तोकिएको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही हुने विभागको सूचनामा उल्लेख छ ।

यस्तै विभागले विभिन्न पानी उत्पादकहरूले होटल, रेस्टुरेन्ट, व्यावसायिक सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक-फरक ‘एमआरपी’ अर्थात् अधिकतम खुद्रा मूल्य लगाई बजारमा पठाउने गरेको पाइएको जनाएको छ ।

प्रतिक्रिया