नापी कार्यालयका सर्वेक्षकसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सर्वेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका खरिदार मोतिराम सुवेदी र लेखापढी व्यवसायी रामबाबु भुजेलविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि जग्गा हालसाविक गरिदिने भनी ४ लाख रूपैयाँ घुस लिएको आरोप छ ।

यादव र भुजेललाई अख्तियारले चार लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया