पहिले पनि दुर्घटनामा परेका थिए क्याप्टेन अरुण मल्ल


काठमाडौं- आज(बुधबार) रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एयर डाइनेस्टीको कल साइन ९एन—एजेडी हेलिकप्टर नुवाकोटस्थित शिवपुरी गुर्जे भञ्ज्याङ नजिकै दुर्घटना भएको छ ।

उक्त हेलिकोप्टरमा सवार ५ जनाको मृत्यु भएको जनाइएको छ । १ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको हेलिकोप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानबाट सम्पर्क टुटेको थियो ।

हेलिकोप्टरमा चार जना चिनिया नागरिक रहेको खुलेको छ । उनीहरू जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । उक्त हेलिकोप्टर अरुण मल्लले उडाएका थिए ।

मल्ल यसअघि पनि दुर्घटनामा परिसकेका पाइलट हुन् । २०७० असोज १० गते काठमाडौंबाट सोलुखुम्बुको लागि उडेको एयर डायनेष्टीको ९एन–एइएक्स (एएस–३५०) हेलिकोप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो ।

हेलिप्याडमा अवतरणको क्रममा विमान पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जना घाइते भएका थिए । भने, हेलिकोप्टरका पाइलट अरुण मल्ल र अर्का यात्रु सोनाम छिरिङ सेर्पा भने सकुशल भेटिएका थिए ।

प्रतिक्रिया