को-को थिए दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकोप्टरमा ? (नामसहित)


काठमाडौं — रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन—एजेडी हेलिकप्टर नुवाकोटस्थित शिवपुरी गुर्जे भञ्ज्याङ नजिकै दुर्घटना भएको छ ।

उक्त हेलिकोप्टरमा सवार चार जनाको मृत्यु भएको जनाइएको छ ।

१ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको हेलिकोप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानबाट सम्पर्क टुटेको थियो ।

उक्त हेलिकोप्टर अरुण मल्लले उडाएका थिए ।

त्यसका साथै हेलिकोप्टरमा चार जना चिनिया नागरिक रहेको खुलेको छ । उनीहरू जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।

प्रतिक्रिया