यो हो एयर डाइनेस्टीको दुर्घटना भएको हेलिकोप्टर, को थिए हेलिकोप्टरका क्याप्टेन ?


काठमाडौं — रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन—एजेडी हेलिकप्टर नुवाकोटस्थित शिवपुरीमा दुर्घटना भएको छ ।

१ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको हेलिकोप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानबाट सम्पर्क टुटेको थियो ।

केही स्थानीयहरुले शिवपुरी– ७ मा दुर्घटना भएको जनाए पनि त्यसको आधिकारिक पुष्टी भएको छैन ।

उक्त हेलिकोप्टर अरुण मल्लले उडाएका थिए ।

पाइटलसमेत ६ जनाको क्षमता रहेको उक्त हेलिकोप्टर फ्रान्समा बनेको थियो ।

हेलिकोप्टरमा रहेका चार जनाको मृत्यु भएको जनाइए पनि उक्त खबर पुष्टी भने हुन सकेको छैन ।

प्रतिक्रिया