एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना


काठमाडौं – रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन—एजेडी हेलिकप्टर बेपत्ता भएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो ।

उक्त हेलिकोप्टर शिवपुरी नजिकै दुर्घटना भएको र चार जनाको मृत्यु भएको जनाइए पनि उक्त खबर पुष्टी भने हुन सकेको छैन ।

हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा टुटेको थियो ।  शिवपुरी-७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको जानकारी स्थानीयले गरेपछि अहिले प्रहरी सो स्थानमा जाँदै गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

 

 

प्रतिक्रिया