काठमाडौं आइरहेको बुद्धको जहाजमा बच्चा बेहोस भएपछि…


काठमाडौं- विराटनगरबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज मेडिकल इमरजेन्सीपछि विराटनगर फर्किएको छ ।

बुधबार मध्याह्न काठमाडौं आउँदै गरेको ९ एन एएनआई जहाज १८ हजार फिटमाथि उडान गरिरहँदा विमानमा सवार एक बिरामी बच्चा बेहोस भएका थिए । त्यसपछि  जहाज विराटनगर नै डाइभर्ट भएको छ ।

बच्च बेहोस भएपछि मेडिकल इमरजेन्सी घोषणा गर्दै विमान फर्किएको बुद्ध एयरको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया