राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री ओली


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उपस्थित भएका छन् ।

यसअघि १६ साउनमा पनि समितिले बोलाए पनि आफू उपस्थित हुन नसक्ने जनाउँदै गृहमन्त्री रमेश लेखकलाई पठाएका प्रधानमन्त्री ओलीले मंगलबारको बैठकमा भने आफैं उपस्थित भएका हुन् ।

मंगलबार राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया