पत्रकार चेतन पन्तको निधन


बुटवल — पत्रकार चेतन पन्तको निधन भएको छ ।

रुपन्देहीका अग्रज पत्रकार पन्तको आइतबार राति सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो ।

२ वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेकामा केही समयदेखि घरमै रहेका र आइतबार राति निधन भएको जनाइएको छ ।

६६ वर्षीय स्वर्गीय पन्तका श्रीमती र दुई छोरा छन् ।

 

प्रतिक्रिया