आज विश्वासको मत लिँदै कर्णाली मुख्यमन्त्री कँडेल


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सोमबार (आज) सदनबाट विश्वासको मत लिँदैछन् ।

दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

नेकपा माओवादीको सहयोगमा कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले मुख्यमन्त्री कँडेलले २१ साउनमा विश्वासको मत लिन भन्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको नेपाल प्रेसलाई जानकारी दिए ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि २१ मत प्राप्त गर्नुपर्ने हुन्छ ।

प्रदेशसभामा एमालेका १० र कांग्रेसका १४ सांसद छन् । माओवादीका १३, रापप्रा र एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक–एक जना छन् ।

प्रतिक्रिया