मनसुनजन्य विपद्‌मा परी देशभर १५० को मृत्यु


काठमाडौँ – बाढी, पहिरोलगायत मौसमजन्य विपद्‍मा परी आजसम्म देशभर १५० जनाको मृत्यु भएको छ ।

विपद्‍मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा ८ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपद्‍मा ४९ जना बेपत्ता तथा १७७ जना घाइते भएका छन् । विपद्‍मा फसेका १०८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढीका कारण ३८४ घर डुबानमा परेका छन् । यही जेठ २८ यता भएका घटनाबाट चार हजार २१९ घरपरिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया