काठमाडौंकाे सरस्वतीनगरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु


काठमाडौं- काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु घर भएका २८ वर्षीय मन्दीप मल्ल छन् ।

गएराति सरस्वतीनगरस्थित सडकमा बागमती प्रदेश ०२–०२५ प ०६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया