
तोलाकै डेढ लाख पुग्यो सुनको मूल्य
काठमाडाैं- नेपाली बजारमा शुक्रबार छापावाला सुनको मूल्यले नँया रेकर्ड बनाएको छ । बिहीबार १६ सय रुपैयाँले बढेको सुन शुक्रबार ४ सय रुपैयाँले बढेसँगै छापावाला सुनको मूल्यले नँया रेकर्ड बनाएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार २२ क्यारेटको सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार २२ क्यारेट को सुन प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।



कागजपत्र |
