दार्चुला प्रशासनले उठायो ९३ लाखबढी राजस्व


दार्चुला – जिल्ला प्रशासन कार्यालय दार्चुलाले ९३ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ९३ लाख ३१ हजार २ सय २० रुपैयाँ राजस्व संकलन गरेको हो । राजस्व सबैभन्दा बढी राहदानी शुल्कबाट उठेको छ ।

राहदानी शुल्कबापत ८५ लाख ७ हजार ५ सय, न्यायिकदण्ड, जरिवाना र जफतबाट १ लाख ५३ हजार ५ सय ६७ रुपैयाँ, हातहतियार इजाजतपत्र नविकरण दस्तुरबाट ४ लाख ४३ हजार ४ सय, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट १ लाख १३ हजार राजस्व संकलन गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

यस्तै कम्पनी, संस्था रजिष्टेशन नवीकरणबाट ७८ हजार ७ सय, सरकारी सम्पत्तिको विक्रीबाट ६ हजार ८ सय, परीक्षा शुल्क १७ हजार ७ सय र अन्य प्रशासनिक सेवा शुल्क ४ हजार संकलन गरिएको छ ।

यी हुन दार्चुला प्रशासनले सम्पादन गरेका कार्यहरु
जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत आर्थिक वर्षमा नेपाली नागरिकता प्रमाणपत्र ४ हजार ८६, नागरिकता प्रतिलिपि २ हजार ८ सय ७५ र २७ नाबालक परिचयपत्र प्रमाणित गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । यस्तै जिल्लाबाट १ हजार २० राहदानी सिफारिस गरिएको छ ।

५० थान मुद्धा दर्ता भएकोमा कार्यालयले १८ थान मुद्धा फछ्र्यौट गरेको छ । यस्तै गत आर्थिक वर्षमा कार्यालयमा ४ वटा संस्था दर्ता भएका छन् । यस्तै ६ हजार ५२ राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले ३ मृतकका हकदार परिवारलाई दुई लाखका दरले ६ लाख राहत सहयोग वितरण, विपद् पीडित ६ परिवारलाई ५ लाख ४४ हजार ५ सय वितरण गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया