
एआईजी थापाद्वारा जिल्ला प्रहरी परिसर काठमाडाैंको निरीक्षण तथा निर्देशन
काठमाडौं — काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण गरेका छन् । उक्त अवसरमा एआईजी थापाले परिसरको नवनिर्मित कार्यालय भवनको निरिक्षणका साथै मातहतको निकायलाई आवश्यक निर्देशन समेत दिएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंको नव(निर्मित भवनका विभिन्न शाखाहरु, व्यारेक, हिरासत कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिँदै एआईजी थापाले प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पूर्ण संयन्त्रहरुबाट प्रत्यक्ष निगरानी हुने र देशकै राजधानी सहर पनि रहेकाले काठमाण्डौ उपत्यकामा प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताए ।

भुकम्पबाट क्षतिग्रस्त भई तत्कालिन समयमा टेकुबाट सेवा प्रवाह गरी रहेको अबस्थामा नव निर्मित सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दा भवन जस्तै सुन्दर सेवा प्रवाह गरि नागरिक मैत्री प्रहरी सेवा प्रवाहगरि गैर कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई मध्यनजर गरी सूचना संकलनमा प्रभावकारी रूपमा लागि प्राप्त सूचनालाई प्रविधि र प्रहरीको परिचालन गरी ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिए ।




कागजपत्र |
