ओखर खेलिरहेका ९ जना प्रहरीको फन्दामा, १० लाखबढी नगद बरामद


काठमाडौं – ओखर खेलिरहेका ९ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ओखर (जुवा) खेलिरहेका ९ जना व्यक्तिलाई १० लाख ११ हजार नगदसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४६ वर्षिय अशोक लामा, ताप्लेजुङका ३८ वर्षिय नारायण लाबुङ, काठमाडौंका २१ वर्षिय कबिर देउला, २१ वर्षिय निलेश महर्जन र ४५ वर्षिय राजेश श्रेष्ठ रहेका छन् ।

यस्तै, ३३ वर्षिया सरिता देउला, ४८ वर्षिय दिपक महर्जन, ४८ वर्षिय बिबेक महर्जन र ५२ वर्षिय प्रकाश शाही रहेका छन् ।

उनीहरूलाई काठमाडौं महानगर-४ चुनदेवीबाट १३ ओटा ओखरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया