सचिवहरुलाई आज निर्देशन दिँदै प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सचिवहरुलाई आवश्यक निर्देशन दिँदैछन् ।

सचिवको ब्रिफिङ सुनेका ओलीले आज दिउसो २ बजे सबै सचिवहरुलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाएर आवश्यक निर्देशन दिन लागेको हो ।

बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी हुनेछन् ।

प्रधानमन्त्रीको निर्देशनअनुसार चालू आर्थिक वर्षको काम अघि बढाउने सरकारको योजना रहेको जनाइएको छ ।

गत आइतबार ६ घण्टा सबै सचिवहरुसँग छलफल गरेका प्रधानमन्त्री ओलीले नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा राय लिएका थिए।

प्रतिक्रिया