सहकारी ठगीमा बयान दिन लामिछानेलाई बोलाउने तयारी


काठमाडौं–सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा छानबिन गरिरहेको संसदीय समितिले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि सोधपुछका लागि बोलाउने भएको छ ।
गोर्खा मिडिया नेटवर्कसँग मागिएका कागजात प्राप्त भइनसकेकोले उनलाई बोलाउन ढिलाई भएको हो ।
ती सदस्यका अनुसार कागजात आउनासाथ लामिछानेलाई सोधपुछका लागि बोलाउने तयारी छ ।
गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई बोलाइन लागेको हो ।
सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत कम्तीमा ९५ करोड ८१ लाख गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरिएको तथ्य सार्वजनिक भइसकेको छ ।
लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएकै बेला ८० करोड ३१ लाख अपचलन भएको थियो ।
सुप्रिमबाट २ करोड र सूर्यदर्शनबाट १ करोड लामिछानेका नाममा जम्मा भएको देखिएको थियो ।

प्रतिक्रिया