स्याङ्जामा जीप दुर्घटना हुँदा ४ जना घाइते


स्याङ्जा – स्याङ्जामा बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

आइतबार जिल्लाको भिरकोट नगरपालिका-४ दर्वङठाँटीबाट वालिङ जाँदै गरेको ध १ ज २६ नम्बरको जिप दुर्घटनामा परेको हो।

जीप सडकवाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका चारै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएको थियो।

घाइते भएका भिरकोट-४ का २८ वर्षीया धन बहादुर राना र ५१ वर्षका इन्द्र बहादुर थापाको अवस्था सामान्य रहेको र उपचारपछि दुवैजना घर फर्किएका छन्।

चालक ३६ बर्षका चित्र बहादुर राना र ७२ बर्षकी शोभा थापालाई थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिए।

 

प्रतिक्रिया