बादशाह कुर्मीलाई मन्त्रीबाट हटाएर छानबिन तीव्र बनाउन डा. केसीको माग


काठमाडाैं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बाँकेकी निर्मला कुर्मीको हत्याका आरोपित बादशाह कुर्मीलाई प्रदेशको मन्त्री बनाएकोमा आपत्ति जनाएका छन् ।

डा. केसीले प्रेस विज्ञप्ति जारी गरी बलात्कारका आरोपित बादशाहलाई मन्त्री बनाएर नेपाली कांग्रेसले दण्डहीनतालाई प्रशय दिएको जिकिर गरेका छन् । “केही दिन अघि लुम्बिनी प्रदेश सरकार गठनका वेला निर्मला कुर्मीको बलात्कार तथा हत्याका मुख्य आरोपी तथा सरकारद्वारा गठित छानबिन समितिले कारबाहीको सिफारिश गरेका बादशाह कुर्मीलाई मन्त्री बनाएर देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक भनिने राजनीतिक दलले दण्डहीनतालाई अर्को उचाइमा पुर्‍याएको छ,” केसीले भनेका छन् ।

उनले बादशाहलाई तत्काल प्रदेशको मन्त्रीबाट हटाउन आग्रह गरेका छ न्।  “तुरुन्त बादशाह कुर्मीलाई प्रदेशको मन्त्रीबाट हटाएर उनीमाथि चलिरहेको छानबिन र अनुसन्धानलाई निष्पक्ष तथा तीव्र बनाउन हामी सरकारको तथा नेपाली कांग्रेस पार्टीको ध्यानाकर्षण गराउँछौं,” केसीले भनेका छन् ।

 

प्रतिक्रिया