सुर्खेतमा घर भत्किँदा किशोरी घाइते, प्रहरीद्वारा उद्धार


काठमाडौं– वर्षातका कारण सुर्खेतमा पर्ने वीरेन्द्रनगर नगरपालिका–१३ मा  एक घर भत्किएको छ । वडा नम्बर १३ करेखोलामा स्थानीय खम्म बुढाको कच्ची घर वर्षातका कारण भत्किएको हो ।

घर भत्किँदा बुढाकी अन्दाजी १५ वर्षीया छोरी सुशीला च्यापिएकी थिइन् ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुशीलाको घाइते अवस्थामा उद्धार गरेको छ ।

उनलाई उपचारका लागि प्रदेश अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया