नेप्सेमा दोस्रोपटक सर्किट, ४० मिनेटका लागि रोकियो कारोबार


काठमाडौं – सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ।

पहिलो सर्किट ब्रेक लागेर खुल्ने बित्तिकै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो।

बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भयो ।

२० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा कायम भएको छ । दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

प्रतिक्रिया