धनगढीको नोभा अस्पतालमा जन्डिसका बिरामीको मृत्यु भएपछि तनाव


कैलाली : धनगढी नाेभा हस्पिटलकाे लापरवाही गरेका कारण कञ्चनपुरकाे बेलाैरीका १७ वर्षीय नसिब चाैधरीकाे मृत्युु भएपछि तनावको अवस्था सृजना भएको छ ।

जन्डिसकाे समस्या लिएर ७ साउनमा नाेभा हस्पिटल भर्ना भएका चाैधरीकाे शुक्रबार दिउँसो नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा मृत्युु भएकाे थियाे ।

अस्पतालले उपचारमा लापरवाही गरेका कारण उनकाे मृत्यु भएकाे भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

उनीहरूले उचित क्षतिपूर्ति र उपचारमा संलग्न डाक्टरलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । हस्पिटलले शुक्रबार साँझ मृतकका आफन्तसँग वार्ता गरेकाे थियाे तर उनीहरूले जिम्मेवार व्यक्ति वार्तामा आउनुपर्नेमा नर्स पठाइएकाे भन्दै बहिष्कार गरेका थिए ।

साेही क्रममा आक्रोशीत मृतकका आफन्तले अस्पतालमा ताेडफाेड समेत गरेका थिए ।
अहिले फेरि मृतकका आफन्तसँग अस्पतालले छलफल गरिरहेकाे छ ।

सुरक्षालाई मध्यनजर गर्दै अस्पतालमा प्रहरीले पहरा दिइरहेको छ भने मृतकका आफन्त समेत अस्पताल बाहिर भेला भएका छन् ।

 

प्रतिक्रिया