राष्ट्रपतिबाट माफी पाएका सांसद चौधरी राज्यमन्त्रीका लागि सिफारिस


काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिले अरुणको नाम सिफारिस गरेको हो ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएकी छन् । स्रोतका अनुसार उनी केही दिनमै सपथ लिनेछन् । नागरिक उन्मुक्तिलाई पर्यटन राज्यमन्त्री दिने प्रधानमन्त्री ओलीको तयारी छ ।

उनी राष्ट्रपतिबाट माफी पाएका व्यक्ति हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा सजाय माफी गरिदिएकी थिइन् ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनालाई छ महिना कैद सुनाएको थियो ।

प्रतिक्रिया