
सर्वोच्चले भन्यो: बेचनलाई थुनामै राख्नु
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झालाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले झालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
झालाई जिल्ला अदालत काठमाडौंले पटक पटक म्याद थप गरेर थुनामा राखेपछि उनको परिवारले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दिएका थिए ।
झा गत असार १५ गते राति पक्राउ परेका थिए । उनीमाथि नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान बिचौलियाको भूमिका खेलेको आरोप छ ।



कागजपत्र |
