कोठाभित्रै मृत भेटिए डा. यादव


विराटनगर – मोरङमा एक चिकित्सक मृत अवस्थामा फेला परेका छन्।

मोरङको उर्लाबारीमा रहेको अरनिको हस्पिटलमा कार्यरत  डा. मनिषकुमार यादव डेरामै मृत फेला परेका हुन्। उनी बिहीबार बिहान कोठाभित्रै मृत अवस्थामा फेला परेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार उनी कोठामा मृत फेला परेका थिए।

यादव डेढ वर्षयता अरनिको अस्पताल उर्लाबारीमा रेडियोलोजिस्टका रूपमा कार्यरत थिए। उनको कोठाभित्र मानसिक रोग सम्बन्धी औषधि भेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया