भयावह बन्दै डेंगी : देशभर संक्रमितको संख्या १८ सय नाघ्यो


काठमाडौं – देशभर डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । अहिलेसम्म यो संख्या एक हजार ८०० नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार तीमध्ये जुलाईका २२ दिनमा ३३९ संक्रमित थपिएका हुन् । डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।
वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५९३ जनामा संक्रमण देखिएको छ भने काठमाडौंमा सबैभन्दा धेरै २०९ जनामा संक्रमण पुष्टि भएको छ ।
झापामा १२९, चितवनमा ९३, मकवानपुरमा ७४, तनहुँमा ५९, ओखलढुंगामा ५७, धनकुटामा ५७, भोजपुरमा ५४, काभ्रेमा ५१, कास्कीमा ५० जनामा डेंगी पुष्टि भएको छ ।
मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको छ ।

प्रतिक्रिया