

७ दिन थपियो सिमलताल घटना अध्ययन कार्यदलको समय

काठमाडौं– चितवनको सिमलतालमा दुइटा गाडी दुर्घटना अध्ययन गर्न गठित कार्यदलको समय सात दिन थप्ने निर्णय भएको छ ।
कार्यदललाई दिनको समय दिएकोमा थप सात दिन समय दिइएको हो ।
असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए । सो बसबाट ३ जना हाम फालेर बाच्न सफल भएका थिए ।
घटनाको अध्ययन गर्न सरकारले असार ३१ गते गृहमन्त्रालले ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

