भाग्यले बाँचेका क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार, बोल्न सक्ने अवस्थामा


काठमाडौं – दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका भाग्यमानी क्याप्टेन मनिषरत्न शाक्यको अवस्था सुधार हुँदै गएको छ ।

बुधबार बिहान काठमाडौंबाट पोखरा जाने जहाज उडाइरहेका क्याप्टेन शाक्य केही बेरमा नै जहाजसहित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेका थिए ।

सो दुर्घटनामा उनीबाहेक जहाजमा रहेका १८ जनाको निधन भएको छ ।

दुर्घटना पर्ने बित्तिकै जीवितै उद्धार गरिएका क्याप्टेन शाक्यलाई उपचारका लागि सिनामंगलस्थित् काठमाडौं मेडिकल कलेज लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचार जारी छ । स्रोतका अनुसार हिजोभन्दा आज उनको अवस्थामा बढी सुधार भएको छ ।

उनी बोल्न सक्ने अवस्थामा छन् । उनले आफन्तसँग पनि कुरा गरेको अस्पताल स्रोतले जनाएको छ ।

क्याप्टेन शाक्यको निधारमा चोट लागेको थियो ।

प्रतिक्रिया