जहाज दुर्घटनाबारे ब्रिफिङ लिएपछि कारण पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं-  सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताए ।

दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक निर्णय लिने बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिए ।

उनले विमान दुर्घटना हुनुमा मानवीय वा प्राविधिक कमजोरी के हाे भन्ने कुरा बुझ्न आग्रह गरे । ब्रिफिङमा गृहमन्त्री, पर्यटनमन्त्री, निमित्त मुख्यसचि पनि सहभागी थिए ।

ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, पर्टनमन्त्री बद्री पाण्डे लगायत सहभागी थिए ।

प्रतिक्रिया