दोलखाको भीमेश्वर शिलामा आज फेरि आउँदैछ पसिना


काठमाडाैं- दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा आज फेरि ‘पसिना’ आइरहेको छ ।

दिउँसाे १२:४५ बजेदेखि पसिना  आइरहेकाे सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आले जानकारी दिए ।  यसअघि गत शनिवार दिउँसो पिन ‘पसिना’ आएको थियाे ।

भीमेश्वरको शिला (चट्टान) मा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको भन्ने जनविश्वास छ ।

भीमेश्वरको शिलामा पसिना आएमा परिवर्तनको संकेतका रुपमा लिन जनविश्वास रहेको छ । शिलामा ‘पसिना’ आएकाले राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन छ । जसका लागि राष्ट्रपतिबाट हुने क्षमापूजाका विषयमा छलफल भइरहेको छ ।

 

प्रतिक्रिया