
अपडेट: १९ जना यात्रुसहित पोखरा उड्न लागेको थियो जहाज
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । जहाज रनवेमा चिप्लीदा आगो लागेको छ ।
विमानस्थल स्रोतका अनुसार जहाज त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ ।
प्रहरीका अनुसार अन्य विवरण आएको छैन् । विमानमा आगो लागेको छ । निभाउने प्रयास जारी छ ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।



कागजपत्र |
