सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना


काठमाडौं – कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस्तो प्रक्षेपण गरेको हो ।

महाशाखाका अनुसार कर्णाली प्रदेशका एक–दुई स्थानमा आज (बुधबार) रातिदेखि शुक्रबार रातिसम्म भारी वर्षाको सम्भावना छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा विहीबार बिहानदेखि शुक्रबार बिहानसम्म भारी वर्षाको सम्भावना छ । शुक्रबार बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया