

रोज राणा फेरि मन्त्री बन्दै

काठमाडौं– लुम्बिनी प्रदेश सरकारमा पठाउन नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले आफ्नो भागमा परेका ५ मन्त्रालयमध्ये ४ जनाको नाम टुंगो लागेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बिहान बुटवलस्थित प्रदेश कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ ।
स्रोतका अनुसार गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्दैछन् ।
राणा यसअघि पनि मन्त्री भएका थिए । उनी दोहरीन लागेका हुन् ।

