
कर्णालीमा माओवादीका चार मन्त्रीद्वारा राजीनामा दिने तयारी
काठमाडौँ – सत्ता समीकरण फेरिएसँगै कर्णाली प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीले राजीनामा दिने भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिने भएका हुन् ।
माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, ऊर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले राजीनामा दिनेछन् ।



कागजपत्र |
