
बुद्धि,विवेक र क्षमताले भ्याएसम्म दुई तिहाइ विश्वासको मतको सदुपयोग गर्नेछु : प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने बताएका छन् ।
आज (आइतबार) साँझ संसद्बाट दुई तिहाइ विश्वासको मत पाएपछि सामाजिक सञ्जालमार्फत ओलीले प्रतिनिधिसभाका सबै सांसदलाई धन्यवाद दिँदै यस्तो बताएका हुन् ।
‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ। यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने छु । प्रतिनिधिसभाका सबै माननीय सदस्य ज्यूहरूलाई धन्यवाद !,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । ओली संविधानको धारा ७६ (२) अनुसार गत असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।



कागजपत्र |
