
उपसभामुखको विषयमा कांग्रेस र रास्वपाबीच सदनमै चर्काचर्की
काठमाडाैं- उपसभामुख इन्दिरा रानाको विषयमा सदनमै सत्ताधारी दल नेपाली कांग्रेस र प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच चर्काचर्की भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसका सांसद रामहरि खतिवडाले असम्बन्धित पाँच जना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख रानाले आफ्नो लेटरहेटड प्रयोग गरेको बताएका थिए । उनले मानव तस्करी गर्न सहयोग पुग्ने गरी सिफारिस गरेको भन्दै आपत्ति जनाएका थिए ।
‘संसदमा कुनै साइनो नभएको मान्छे मानव तस्करको सम्पर्कमा पुगेर उपसभामुखबाट भिसा सिफारिस भएको छ । उपभामुखकै विदेश भ्रमणको निम्तो आएपनि सभामुखले अनुमति दिनुपर्छ । तर, संसद्ले नचिनेको मान्छ कसले किन र के प्रयोजनाको लागि भिसा सिफारिस गरियो ?’ सांसद खतिवडाले भने, ‘ भिसा सिफारिसको कन्सल्टेन्सी जस्तो संसद नबनाइयो । यस घटनामा छानबिन गर्नुपर्छ । मान्छे बेच्नेहरू यतैकतै छन् ।’
त्यसकै प्रतिवादमा उत्रिएकी रास्वपाकी सांसद सुमना श्रेष्ठले सबै सांसदको लेटर प्याडबाट के–के भएको छ सबैको छानबिन गर्नुपर्ने बताइन् ।
‘मानव तस्करजस्तो गम्भीर आरोप तपाईँले आनन्दले डिक्लियर गर्नुभयो । ल डिक्लियर गरौ न त भुटानी शरणार्थीको क्लियर गरौँ कसले गरेको हो भनेर त्यो आँट छ ? ’ श्रेष्ठले भनिन्, ‘एउटा महिला जो अप्ठेरो अवस्थाबाट यहाँ आउनुभएको छ उहाँलाई हेप्न नखोज्नुस् ।’



कागजपत्र |
