बेलायतकी महारानीले उपहार दिएको १०६ वर्ष पुरानो दमकल, मर्मत गरेर फेरि सञ्चालन


काठमाडाैं-  १०६ वर्ष पुरानो डेनिस दमकल पुनः सञ्चालनमा आएको छ । बेलायतकी महारानीले नेपाललाई उपहार दिएको दमकललाई मर्मत गरेर ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।

आइतबार एक कार्यक्रमबीच ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले डेमो देखाइ शुभारम्भ गरेका छन् ।ललितपुरले दमकललाई आइतबार काठमाडौं उपत्यकाका तीनवाटै जिल्ला परिक्रमा गरेको छ । बेलायती महारानीले  काठमाडौं, भक्तपुर र ललितपुरलाई एक/एक दमकल उपहार दिएकी थिइन् ।

तर, विगत ४२ वर्षदेखि यसको पार्टस् नपाएका कारण दमकल थन्काएर राखिएकाे थियाे ।  दमकलको चक्का पन्चर नहुने, सिसा नफुट्ने र छिटो आगो निभाउन सक्ने क्षमता भएको प्रमुख विशेषता रहेका छन् ।

प्रतिक्रिया