बहादुरसिंह लामालाई वाग्मतीको मुख्यमन्त्री बनाउने कांग्रेसको निर्णय


काठमाडौं– कांग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई बनाउने निर्णय गरेको छ ।

आज बसेको प्रदेश संसदीय दलको बैठकले दलका नेता लामालाई आगामी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको हो ।

केन्द्रमा कांग्रेस र एमालेको गठबन्धन भएसँगै वाग्मतीमा पनि सरकार परिवर्तन हुन लागेको हो । आलोपालो नेतृत्व अन्तर्गत अहिले वागमतीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमती भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् ।

वाग्मतीमा कांग्रेस र एमालेको सहज बहुमत छ । ११० सदस्यीय प्रदेशसभामा कांग्रेससको ३७ र एमालेको २७ सासंद छन् ।

प्रतिक्रिया