
गाउँपालिका अध्यक्ष चन्दलाई गाली गर्ने युवकविरुद्ध मुद्दा, पक्राउ पूर्जी जारी
काठमाडाैं- बैतडीको पचेश्वर गाउँपलिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई तथानाम गाली गर्ने एक युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ । गाउँपालिका अध्यक्ष चन्दले आफूलाई समाजिक सञ्जालमा बेला–बेला फेक आइडीबाट गाली गर्ने तथा विभिन्न आरोपहरु लगायने पञ्चेश्वर–४ बस्ने प्रकाश चन्दविरुद्ध जिल्ला अदालत बैतडीमा मुद्दा दर्ता गरेका हुन् ।
देश बाहिरबाट जनप्रतिनिधीहरुको व्यक्तिगत जिवनमाथि आँच आउने भाषामा गाली गरेकाले मुद्दा र्ता गर्नुपरेको अध्यक्ष चन्दले बताए । युवक चन्दलाई ७ भित्र अदालतमा उपस्थित हुन भनिएकोमा अदालतको आदेश नमानेपछि अहिले ३५ दिने पक्राउ पूर्जी जारी भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीलाई पक्राउ पूर्जी लेख्दै अदालतले तत्काकल पक्राउ गर्ने भनिएको छ । यदी सो अवधिमा पक्राउ नपरेका वा अदालतमा उपस्थित नभएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने उल्लेख छ ।



कागजपत्र |