दिक्क लगाएको भन्दै विष खुवाएर आफ्नै दुई महिने बालकको हत्या


ओखलढुङ्गा- ओखलढुङ्गामा विष खुवाएर दुई महिने बालकको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ ।

बालकको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीसमक्षको बयानमा आरोपित राईले बच्चालाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको बयान दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताए ।

जन्मेदेखि रोई राख्ने, दिक्क लगाउने गरेकाले हत्या गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

गत असार ३१ गते जिल्लाको चिशंखुगढी गाउँपालिका–८ बाघखोरस्थित जङ्गलमा करिब दुई महिनाको शिशु मृत अवस्थामा भेटिएको थियो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया