नेपाललाई पहिलो सफलता


काठमाडौं – महिला एसिया कप क्रिकेटमा आज युएईसँग खेलिरहेको नेपाली टोलीलाई पहिलो सफलता मिलेको छ।

टस जितेर पहिला फिल्डिङ् गर्ने निर्णय लिएको नेपालले १.५ ओभरमा ११ रनमा युएईको पहिलो विकेट लिएको हो।

श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा युएईकी ओपनर ब्याटसम्यान इशा ओजा १० रन जोड्दै रन आउट हुन पुगिन्।

महिला एसिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ।

यसअघि सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको नेपालले आठ वर्षपछि पुनः अहिले प्रतियोगिता खेल्न लागेको हो।

एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन्।

प्रतिक्रिया