धनकुटामा बस र ट्याङकर ठोक्किए, १२ जना घाइते


धनकुटा – धनकुटा नगरपालिका-१ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किंदा १२ जना घाइते भएका छन्।

धनकुटाबाट हिलेतर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन्।

घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया