काभा यू–२० महिला भलिबलः नेपाल र कीर्तिस्तान आज भिड्दै


माले – काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ ।

नेपाल र कीर्गिस्तानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ ।

पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाली टोली पहिलो जितको खोजीमा छ । श्रीलंकासँग नेपाल ३–१ को सेटमा पराजित भएको थियो ।

नेपाली टोलीः सलिना बुढा मगर, जेनिशा विश्वकर्मा९कप्तान०,  एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

 

प्रतिक्रिया