चिलीमा शक्तिशाली भूकम्प


एजेन्सी – चिलीको एन्टोफागास्तामा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनभन्दा १२८ किलोमिटर तल रहेको छ ।

भूकम्पबाट हालसम्म कुनै पनि जनधनको क्षतिको खबर आएको छैन ।

यसअघि गत जुन २९ मा पनि चिलीमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया