उत्तर प्रदेशमा रेल दुर्घटना हुँदा तीनजनाको मृत्यु


लखनऊ-  भारतको उत्तरप्रदेश राज्यमा एउटा रेल लिकबाट उत्रिएर दुर्घटनामा परेकाे छ ।

बिहीबार दिउँसो उत्तरप्रदेशको गोन्डा जिल्लास्थित गोन्डा- मनकापुर खण्डको बीचमा चण्डीगढ एक्सप्रेसका १४ वटा डब्बा पटरीबाट उत्रिएका छन् । यो दुर्घटनामा तीनजनाको ज्यान गएको छ भने १४ जना अन्य घाइते भएका छन् ।

चण्डीगढ एक्सप्रेसको यो रेल पञ्जाबको चण्डडीगबाट गोरखपुर गइरहेको थियो । दुर्घटना मोतीगञ्ज प्रहरी कार्यालय क्षेत्रको पिकौरा गाउँनजिकै भएको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिएका छन् । उनले राहत र उद्धारसँगै घाइतेहरूलाई चाँडोभन्दा चाँडो अस्पताल लैजान पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया