द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन


काठमाडौं-  काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

९२ वर्षीया श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् ।

प्रतिक्रिया